रुखमा झुण्डिएको अवस्थामा महिलाको शव फेला
बाँके, कात्तिक ३ – बाँकेको चिसापानीस्थित करेली जंगलमा सोमबार रुखमा झुडिएको अवस्थामा एक महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
असोज ३१ गते घरबाट माइती जाने भनेर हिँडेकी चिसापानी ५ की ४२ वर्षीया खगिसरा कार्की माइती नपुगेपछि परिवारजनहरुले खोजतलास गर्ने क्रममा शव जंगलमा झुण्डिएको अवस्थामा फेला परेको बताए ।
घरमा श्रीमानसँग दैनिक झगडा हुँदै आएको थियो सोही झगडाका कारण कार्कीले आत्महत्या गरेको हुन सक्ने स्थानीयले बताएका छन् ।
इलाका प्रहरी कार्यलयका प्रहरी सहायक निरिक्षक कलधर सापकोटाका अनुसार मृतक महिलाको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेकोले घटना रहस्यमय रहेको घटनाको थप अनुसन्धान भइरहेको बताए ।
