कुवेतमा एक नेपाली ३ दिन देखि बेहोस



२१ असोज, जिलिब । कुबेतमा एक नेपाली जीवन र मरणको दोसाँधमा लडिरहेका छन । गत बिहिबार कुबेतको जिलिबस्थित टुरिस्ट पार्क नजिकै भलिबल मैदानमा भलिबल खेल्दा खेल्दै ढलेका बागलुङको हटिया गाउँविकास समिति वडा न ६ का बाबुराम मल्ल ठकुरी तीन दिनदेखि बेहोस अवस्थामा फेला परेका थिए ।

अल आलिया अल्मुनियम कम्पनीमा कार्यरत बाबुरामको अबस्था अत्यन्तै नाजुक रहेको नबप्रतिभा युवा समाजका सदस्य केसब श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए । नवप्रतिभा युवा समाजका उत्कृस्ट भलिबल खेलाडी समेत रहेका बाबुराम साथीहरुसंग अभ्यास खेल खेल्दा खेल्दै मैदानमा ढलेका थिए । तत्काल उनलाई केसब श्रेष्ठ र अशोक श्रेष्ठले उपचारका लागि फर्वानिया हस्पिटलमा पुर्याएका थिए।

बिहिबारदेखि आईसीयुमा उपचार गराइरहेको भएपनि स्वास्थ्यमा कुनै सुधार नअाएपछि अार्इबीएन सीना हस्पिटलमा रिफर गरिएको थियो। उनको मस्तिष्कमा रगत जमेको डाक्टरहरुले बताएका छन ।
तीन दिनदेखि बेहोस अवस्थामा रहेका उनले मंगलबार भने हातका औंला चलाएका थिए । उनलार्इ रगतको अावश्यकता भएको चिकित्सकले बताएपछि चार नेपाली उनलार्इ रगत दिन अस्पताल पुगेका 





प्रतिक्रिया दिनुहोस्...