मुस्कान पासाको कमेडी भिडियोले लास्टै हँसायो (भिडियो)



विदेशी अवार्ड समारोहमा कलाकारहरु आफ्नै सहकर्मीलाई कमेडी गर्दै उडाउँछन्। जसले अवार्डको माहौल निकै तताउँछ तर नेपालमा हुने फिल्मी अवार्ड समारोहमा त्यस्तो स्वादिलो कमेडी कल्चर विकास भइसकेको छैन्। आज काठमाडौंमा भएको ‘ओफा अवार्ड’मा भने हास्यकलाकार सिताराम कट्टेलको कमेडीले वाहवाही बटुल्यो।  

हाँस्य सिरियल ‘मेरी बास्सै’मा ‘मुस्कान पासा’को भूमिकामा सितारामले एक दर्शकको रुपमा स्टेजमा फर्ममेन्स धेरै नायक/नायिका रातोपिरो भएका थिए। कतिपयले उनको कमेडीलाई ‘डर्टी कमेडी’को संज्ञा पनि दिए। तर अवार्ड हलको एकोहोरो हाँसोको फोहोराले मुस्कान पासाको कमेडीमा धेरैको समर्थन रहेको प्रष्ट हुन्थ्यो।  भिडियो स्रोत #  ग्ल्यामर नेपाल





प्रतिक्रिया दिनुहोस्...