बिर्खे भन्छन्-‘४० लाख लाग्ने सिनेमालाई नराम्रो भन्ने अधिकार छैन’



चलचित्र ‘बिर्खेलाई चिन्छस्’ले राम्रो व्यापार गरेपछि कलाकार सुवास थापा फुर्किएका छन् । सिनेमाको बक्स अफिस कलेक्शनले खुशी भएका सुवास अब एक बर्ष अर्को सिनेमा नबनाउने बताउँछन् । यो चलचित्रमा उनी विर्खेको भूमिकामा देखिएका थिए ।

तर, सुवास अब अफर आएका कुनै पनि सिनेमा नछोड्ने धुनमा लागेका छन् । सुवासले एक भेटमा अनलाइनखबरसँग भने-‘निर्माताले ४०-५० लाख लगानी गर्न लागेको सिनेमाको कथा नराम्रो भयो भनेर छोड्ने अधिकार मलाई छैन । यसैले अब अफर आएका सबै सिनेमा गर्छु ।’
सुवास यतिबेला एकपछि अर्को सिनेमामा व्यस्त छन् । नेपाली सिने बजारमा उनलाई घमण्डी कलाकार भन्नेहरु पनि धेरै छन् । सिनेमा निर्माणले खारिएका सुवास अर्को बर्ष फेरि नयाँ सिनेमा दर्शकमाझ प्रस्तुत गर्ने बताउँछन् ।
निरन्तर असफल सिनेमा दिएपछि फिल्म बनाउनेको नजरमा उनी पर्न सकेका थिएनन् । अब ‘बिर्खेलाई चिन्छस्’ चलेपछि भने सुवास नोटिस हुने आशा गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्...