रेखाको बिहे ? हिम्मतवाली पछी सम्भावना कि पक्कै त ...
काठमाडौं । नायिका रेखा थापाले चलचित्र हिम्मतवाली निर्माण क्रममा चलचित्र रिलिज भएसँगै विवाह गर्ने सम्भावना व्यक्त गरेकी थिइन् ।
हिम्मतवालीका नायक सुदर्शन गौतमसँगको अफेयर सार्वजनिक गर्दै त्यतिबेला रेखाले दुई हात नभएर पनि नायकका रुपमा राम्रो काम गर्ने सुदर्शनको प्रशंसामा धेरै शब्द खर्चेकी थिइन् । छवि ओझासँग अलग्गिएपछि आफूले कसैसँग विवाह नगरेको उनको भनाइ थियो ।
सिंगल युवतीका रुपमा असल र हिम्मतवाला युवकसँग विवाह गर्ने योजना रेखाको थियो । कुरा सुन्दा पक्का थियो, रेखाले सुदर्शनसँग विवाह गर्ने छिन् । अहिले हिम्मतवाली प्रदर्शन भएर सुपरहिट चलचित्रमा दरिसकेको छ । रेखा चलचित्र सफल बनाउने सबैलाई धन्यवाद दिइरहेकी छन् ।
अहिले पनि रेखा र सुदर्शन अधिकांश समय साथै देखिन्छन् । यस्तो अवस्थामा के उनीहरुले विवाह गर्लान् त ? चलचित्र चलाउन मात्र उनीहरुले प्रेमका कुरा गरेका हुन् कि साँच्चै छुट्टिन नसक्ने प्रेम गरेका हुन् भन्ने जिज्ञासा सबैतिर चर्चाको बिषय बनेको छ । - source:hamrosansar
