बाँदरको मृत्युमा २ सय युवाले गरे केश मुन्डन
काठमाडौं, आश्विन १ । भारतको मध्य प्रदेशस्थित डकाचिया गाउँमा एउटा बाँदर मरेपछि मानिसको जस्तैगरी धार्मिक विधिपूर्वक अन्तिम संस्कार गरिएको छ ।
यस्तै, गाउँमा मृत्यु भोजनको आयोजना समेत गरिएको छ । गाउँमा रहेको हनुमान मन्दिरमा बस्दै आएको उक्त बाँदर, कुकुरले लखेट्ने क्रममा पोखरीमा खसेर मरेको थियो ।
गाउँका बुढापाकाले गाउँमा बादर मर्नु अपशकुन हुने र प्राकृतिक विपत्तिलगायतको कष्ट आउने बताएपछि मरेको बाँदरको धार्मिक विधिपूर्वक अन्तिम संसार गरिएको बताइएको छ । (एजेन्सी)
