फेसबुकले च्याटिङका लागी नयाँ एप ल्यायो



यदि तपाइँ पुरानो जमानाको याहू पब्लिक च्याट रूमको शोखिन हुनुहुन्थ्यो भने तपाइँलाइ यो एप पक्कै पनि मन पर्नेछ । किन भने यो एक धेरै जसो सोही अनुरूप बनाइएको छ ।


यस एपमा तपाइँ आफ्नो कुनैपनि नाम राखेर च्याट गर्न सक्नु हुन्छ । अर्थात तपाइँ आफ्नो बास्तबिक नाम राख्नुस वा कुनै नक्कली नाम राखेर च्याट गर्नुस । तपाइँ जो संग पनि कुरा गर्न सक्नुहुन्छ, चाहे त्यो कुनै साथी होस वा कुनै अनजान व्यक्ति नै किन नहोस ।

यसमा तपाइँ आफैंले पनि च्याट रूम बनाउन सक्नुहुन्छ र यसमा मानिसहरूलाइ इन्भाइट गर्न सक्नुहुन्छ । तपाइँले चाहेमा इन्भाइट गरेका मानिसहरू मात्र ज्वाइन गर्न सक्दछन वा अन्य कोही पनि ज्वाइन गर्न सक्दछन । यस च्याट रूममा फोटो, भिडियो र टेक्स्ट म्यासेज पठाउन सकिन्छ ।

फेसबुक क्रिएटिभ ल्याब्सले यो एपका बारेमा बताउँदै भनेको छ कि इन्टरनेटका बारेमा हाम्रो टिमलाइ यो कुरा धेरै मन परेको कुरा हो कि तपाइँ त्यो बन्न सक्नुहुन्छ, जो तपाइँ बन्न चाहनु हुन्छ । यसै कारणले तपाइँ रूम्समा ‘वन्डर वुमन’ वा कुनै अन्य नाम राख्न सक्नुहुन्छ, जसमा तपाइँलाइ धेरै सहज हुन्छ र गर्व महसूस गर्न सक्नुहुन्छ ।’

क्रिएटिभ ल्याब्सले अगाडी भनेको छ कि, ‘फोरम, म्यासेज बोर्ड र च्याटरूम्स यस्ता मानिसहरूका लागी भेटघाट गर्ने ठाउँ थियो, जो एक भौगोलिक क्षेत्र वा सामाजिक नातासंग जोडिएका हुन्थे, तर त्यसमा केही समानताहरू हुने गर्दथे । हाम्रो नयाँ एप रूम्स शुरुवाती वेब कम्यूनिटीज र नयाँ जमानाको स्मार्टफोनको क्षमताहरूको मिल्दो-जुल्दो रूप हो ।’

फेसबुकको रूम्स एप अहिले मात्र यूएसए र यूके बाहेक अंग्रेजी बोल्ने बिभिन्न देशहरूका लागी आईफोनमा उपलब्ध छ तर स्मार्टफोनका बजारमा एन्ड्रोइडको ठुलो हिस्सालाइ हेर्दै छिटै फेसबुकले यस एपलाइ एन्ड्रोइडमा पनि ल्याउनेछ ।




प्रतिक्रिया दिनुहोस्...