चरेससहित एक पक्राउ
नवलपरासी, कार्तिक १२ । नवलपरासीको नाका हुँदै भारततर्फ लैजाँदै गरेको साढे दुई किलो चरेससहित एकजनालाई भारतीय प्रहरीको टोलीले पक्राउ गरेको छ ।
भारतीय सीमावर्ती नाका हुँदै भारतको निचलौततर्फ लैजाँदै गरेको अवस्थामा भारतको राजाबारीबाट सीमा सुरक्षा बल र भारतीय प्रहरीको संयुक्त टोलीले चरेससहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नवलपरासी भुजहवा गाविस मोजरैयाका रमेश यादव रहेका छन् । source:imagekhabar
