Science Technology
»
टेलिकमको सिमकार्डसँग सामसुङ्गका सेट वन्डलिङ्ग सेवा अब हरिहर भवन काउन्टरबाट
टेलिकमको सिमकार्डसँग सामसुङ्गका सेट वन्डलिङ्ग सेवा अब हरिहर भवन काउन्टरबाट
काठमाडौं, कात्तिक ४–नेपाल टेलिकम र नेपालस्थित सामसुङ्ग मोवाइलको आधिकारिक विक्रेता इन्टिग्रेटेड मोबिलिटी सोलुसन्सबीच टेलिकमको सिमकार्डसँग सामसुङ्गका सेट वन्डलिङ्ग सेवा संयुक्त रुपमा दिने योजना अब नेपाल टेलिकम हरिहर भवन काउन्टरबाट पनि उपलब्ध हुने भएको छ ।
उक्त योजना केही समय अघि दुवै कम्पनीले संयुक्तरुपमा ल्याएका थिए । यस अघि उक्त सेवा आइएमएसका एक्सक्लुसिभ ब्राण्ड पसलहरुबाट मात्र दिईंदै आएको थियो । उक्त सेवाको शुभारम्भ आज एक समारोह बिच नेपाल टेलिकम, मोबाइल सेवा निर्देशनालयका निर्देशक विष्णु प्रसाद कसजु, र आईएमएसका अध्यक्ष दिपक मलहोत्रा तथा सामसुङ्ग इलेक्ट्रोनिक्सका निर्देशक वाई. बि. वोङ्गले संयुक्त रुपमा गरे । उक्त योजनामा सामसुङ्गका सेट वन्डलिङ्ग सेवाका ५ सेट मध्ये कुनै एकको खरिदबापत नेपाल टेलिकमको सिमकार्ड निःशुल्क तथा मोबाइल सेटको मूल्यमा १० प्रतिशत छुटका साथै मोबाइल सेट मूल्यको १५ प्रतिशत बराबरको टक टाइम अथवा डाटा सेवा सित्तैमा उपलब्ध हुने सामसुङले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्...