सिन्धुपाल्चोक र गोरखामा दुईवटा शव फेला



१३ कात्तिक, काठमाडौं । सिन्धुपाल्चोक र गोरखामा दुई व्यक्तिको शव फेला परेका छन् । उता नवलपरासीमा बुधबार राति सडक दुर्घटनामा दुईको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको माङ्खा गाविस-६ स्थित सुनकोसी नदीमा एक पुरुषको शव फेला परेको छ ।
दोलखा जिल्ला फस्कु गाविस वडा नं ५ बस्ने ६५ वर्षीय पदमबहादुर तामाङको शव बुधबार साँझ सुनकोसी किनारमा फेला परेको हो ।
मृतकको खल्तीमा भेटिएको सिमकार्डका आधारमा स्थायी ठेगाना पत्ता लागेको र सो घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार थापाले बताए ।
बोरामा युवकको शव भेटियो
गोरखाको नयाँबजारस्थित बसपार्कनजिकै एक युवकको शव बोरामा बाँधेर फालेको अवस्थामा भेटिएको छ ।
भैलो खेल्न बुधबार साँझ घरबाट निस्केका गोरखा नगरपालिका-२ का १८ वर्षीय वीरबहादुर रम्तेलको शव बिहीबार बिहान भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रम्तेलको अनुहारमा ढुङ्गाले प्रहार गरेको चोट छ ।
सडक दुर्घटनामा दुईको मृत्यु
यसैवीच नवलपरासीको भुमही-भैरहवा सडक खण्डको रानिपाकडमा बुधबार राति भएको सडक दुर्घटनामा परी दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।
भुमहीबाट परासीतर्फ जाँदै गरेको लु १६ प ३०४७ नम्बरको मोटरसाइकलमा सवार तीनमध्ये दुईजनाको घटनास्थलमा नै मृत्यु भएको हो । अर्का एकजना घाइते भएका छन् ।
मृत्यु हुनेमा रामनगर वडा नं ९ फरौलीका २३ वर्षीय गौतम चौधरी र २४ वर्षीय राजकुमार चौधरी छन् । घाइते २२ वर्षीय सिर्जन यादवको अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले  बताएकोे छ ।
souce:oalinekhabar




प्रतिक्रिया दिनुहोस्...