४०० गोल कहिल्यै सोचेको थिइँन : मेस्सी
१३ असोज, काठमाडौं । बार्सिलोना फवार्ड लिओनल मेस्सीले ४०० गोल आफूले कहिल्यै नसोचेको बताएका छन् ।
ला लिगामा बार्सिलोनालाई गर्नाडाविरुद्ध ६-० को जित दिलाउने क्रममा मेस्सीले ४०० र ४०१ औं गोल गरेका थिए । मेस्सीले बार्सिलोनाका लागि ३५९ र अर्जेन्टिनाका लागि ४२ गोल गरेका छन् ।
‘मैले यस्तो सफलता पाउने कल्पना समेत गरेको थिइँन’ मेस्सीले फेसबुक पेजमा भनेका छन्-‘थप लक्ष्य प्राप्प्तीका लागि अझ मेहनत गर्नेछु ।’
बार्सिलोनाका प्रशिक्षक लुइस इनरिक भन्छन्-‘मेस्सी एक जादूको छडी जस्तै छन् ।’
चार पटकको फिफा बालोन डि’ओर विजेता मेस्सी बार्सिलोनाका सर्वाधिक गोलकर्ता समेत हुन् । बार्सिलोनालाई तीन च्याम्पियन्स लिग र ६ ला लिगासहित २१ उपाधि दिलाउन महत्वपूर्ण भूसिमका खेलेका मेस्सीले आफूलाई महान फुटबलर मध्ये एकका रुपमा स्थापित गरिसकेका छन् । #स्रोत : अनलाईन खबर
