.मलेसियामा नेपाली कामदार लैजान रोक लगाउनुका रहस्य सार्बजनिक...



ठूलो संख्यामा रोजगार उपलब्ध गराउँदै आएको मलेसियाका ५२ कम्पनीलार्इ नेपाली कामदार लैजान प्रतिबन्ध लगाइएको छ । ५२ कम्पनीमाथिको प्रतिबन्धले नेपालको विप्रेषण आप्रवाहमा असर पर्ने देखिएको छ ।


नेपालको मुख्य श्रम गन्तब्यमध्येको एक मलेसियामा पूर्व निर्धारित सहमति अनुसार सेवा सुविधा उपलब्ध नगराएको, शारीरिक तथा मानसिक यातना दिइएको लगायत कारण देखाएर नेपाल सरकारले ती कम्पनीमाथि कामदार लैजान प्रतिबन्ध लगाएको छ ।


गत फागुनको मध्यतिर प्रतिबन्ध लगाइएपछि अहिले मलेसिया जाने कामदारको संख्या र मलेसियाबाट प्राप्त हुने विप्रेषणसमेत घटेको छ । कम्पनीले सच्चिएको तथा नेपाली कामदारमाथि कुनै किसिमको ज्यादति नगर्ने प्रतिवद्धता नदेखाएसम्म उनीहरुमाथिको प्रतिबन्ध खुला गर्न नसकिने वैदेशिक रोजगार विभागका सूचना अधिकारी गम्भीरमान विष्टले बताए ।

नेपालको विप्रेषण आप्रवाहको मुख्य स्रोतका रुपमा वैदेशिक रोजगारमा गएका कामदारलाई लिइने गरिनन्छ । चालु आर्थिक वर्ष २०७१/७२ को फागुनसम्ममा कुल ३ खर्ब ७० अर्ब रुपैयाँ विप्रेषण आप्रवाह भएको नेपाल राष्ट्र बैंकको तथ्याङ्क छ । आजको अभियान दैनिकमा खबर छ ।




प्रतिक्रिया दिनुहोस्...