रौतहटमा सशस्त्र प्रहरी बेसमा आक्रमण



२४ चैत, रौतहट ।

छैटौं दिन सोमबार पनि पनि गौरको जनजीवन समान्य बन्न सकेन । स्थानीय बासिन्दा घरबाट बाहिर निस्कन सकेनन् भने बजार ठप्प रह्यो । सदरमुकाममा शान्तिपूर्ण जुलुस प्रदर्शन भए भने गाउँमा दिनभर तनाव भएको छ ।


सदरमुकाम गौरबाट ४ किलोमिटर पूर्वस्थित सशस्त्र प्रहरीको बेलबिछुवा बेसमा सोमबार आक्रमण प्रयास भएको छ । शुरुमा आगजनी प्रयास हुदाँ सशस्त्रले ३ राउण्ड हवाइ फायर गरेपछि आक्रमणकारी भागेका थिए ।मुखमा मास्क लगाएर आएका आक्रमणकारी सुरुमा ढुंगामुढा गरेर भागेका थिए ।

सशस्त्र प्रहरी सीमा सुरक्षा बल हजमिनियाका एसपी विदुर खडकाका अनुसार त्यसपछि पनि अनुहार छोपेर आएकाहरूले ढुंगामुढाका साथै पेट्रोल बम प्रहार गरेपछि कार्यालयको छानामा आगो लागेको थियो ।
घटनापछि प्रहरी उपरीक्षक (एसपी) सानुबाबु थपलियाले भारतको सीतामाढीका प्रहरी प्रमुख एसपी अमितकुमारसँग छलफल गरेका थिए । आजको कान्तिपुरमा खबर  छ ।




प्रतिक्रिया दिनुहोस्...