कतार गएका नेपाली प्रेमी-प्रेमिकाले गरे आत्महत्या...
वैदेशिक रोजगारीका लागि कतार आएका मकवानपुरकी रिना थापामगर र पोखराका श्यामी थापाले आत्महत्या गरेका छन्। कतारको एक होटेलमा मृत फेला परेका उनीहरूको शव स्थानीय हमाद अस्पतालमा राखिएको छ।
रिनाका पति सञ्जय थापा मगरले उनले आत्महत्या गनुअघि आफूसँग माफी मागेको बताए। यो खबर सुनेर मर्माहत भएको छु, सञ्जयले भने, दुवै जनालाई धेरैपटक सम्झाउने प्रयास गरे तर सकिनँ। रिना सफाइ कामदार र थापा सुरक्षा गार्ड थिए।
दुवै जनाले मर्नुअघि रुँदै मलाई फोन गरे। हामीबाट गल्ती भयो भने। पछि सरी भन्दै मेसेज पठाए,नले भने, मैले तिमीहरू बिहे गरेर बसे हुन्छ। म बाधा गर्दिनँ भनेको थिएँ तर मानेनन् ।source osnepal
