"कण्डम प्रयोग गर्दा श्रीमतीले अप्ठ्यारो मान्छिन् मलाई पनि सन्तुष्ट नै हुँदैन । के गर्ने होला ?
कण्डम प्रयोग गरी सहवास गर्दा सन्तुष्टि नै हुँदैन । श्रीमतीले पनि अप्ठ्यारो महसुस गर्छिन् । तसर्थ कण्डम प्रयोगबाट बढी यौन सन्तुष्टि कसरी लिन सकिन्छ ?
के पुरुषले कण्डम प्रयोग गरी सम्भोग गर्दा महिलाको योनि दुख्ने वा पोल्ने गर्छ ?
प्रायः महिलालाई सम्भोगको इच्छा नभएको वेलामा योनिरसको अभाव हुने भएकोले योनि सुख्खा हुने र यस्तोअवस्थामा कण्डम अवस्थामा कण्डम पनि सुख्खा नै प्रयोग गरी सम्भोग गरेमा घर्षणका बेला महिलालाई पीडा हुने र सम्भोगपछि पनि योनि पोल्नेर टट्याउने समस्या हुनसक्छ । सामान्यतया कण्डममा चिल्लो पदार्थ राखिएको हुनेहुँदा नदुख्न वा कम दुख्न सक्छ । त्यसैगरी सम्भोग अगाडिको यौनक्रीडा गरी महिलालाई उत्तेजित गराएमा योनिरस रसाएपछि र बढी चिप्लोखालको कण्डम प्रयोग गरी सम्भोग गरेमा यो समस्या रहँदैन ।
स्रोतः 'यौन् तथा प्रजनन स्वास्थ्य पुरुषहरुको चासो तथा जिज्ञासाहरु प्रश्नोत्तर माला' पुस्तक
