'ट्याक्सी चालकले राखे नेपालीको नाम : इमान्दारीको थप चर्चा



बुधबार आफ्नो ट्याक्सीमा भेट्टाएको ४ हजार ८२ अमेरिकी डलर (झण्डै साँढे चार लाख नेपाली रुपैयाँ) फिर्ता गर्ने चालक धनसुधा रणपहेलीलाई रकम हराउने चार थाई नागरिकले इनाम स्वरुप २० हजार रुपैयाँ दिएका छन् ।
रकम हराउने थाई नागरिकले यो घटनाले नेपाली इमान्दार हुन्छन् भन्ने चर्चाको पुष्टि गरेको छ । बिहिबार महानगरीय ट्राफिक प्रहरी महाशाखामा आफ्ना हराएको पैसा ट्याक्सी चालकबाट फिर्ता लिदै भारावुतले भने ।
अर्की पर्यटक थानामोनले खुशी हुँदै आफूहरु १३ दिनका लागि नेपाल घुम्न आएको र काठमाण्डौं उत्रिएको भोलिपल्टै पोखरा जाँदै थियौं यदि त्यो पैसा नभेटिएको भए हामी काठमाडौंमै बेखर्ची हुन्थ्यौं चालकको ईमान्दारीताले हामी आफैले गुमाएको पैसा फिर्ता पायौं हामी खुशी छौं भनिन् ।
आफ्नो ट्याक्सीमा भेटिएको रकम इमान्दारीपूर्वक फिर्ता गर्ने चालकलाई इनाम दिंदै थाई पर्यटक
आफ्नो ट्याक्सीमा भेटिएको रकम इमान्दारीपूर्वक फिर्ता गर्ने चालकलाई इनाम दिंदै थाई पर्यटक
भारुवुत र थानामुन सहित चाओवालीत र थान्यापात चार थाईलाण्ड नागरिक बुधबार मलेसिया हुदै नेपाल आएका थिए । बुधबार अपरान्ह साढे ३ वजे काठमाडौं उत्रिएका उनीहरुले रणपहेलीले चलाएको ट्याक्सी बा १ ज २८९३ चढेर ठमेल गएको थिए ।
अमेरिकी ६ डलर भाडा तोकेर ठमेल पुगेका उनीहरुले १ डलर चालक रणपहेलीलाई टिप्स सहित ७ डलर दिएर उत्रीएका थिए । भाडा दिने क्रममा आफ्ना पैसाको थैलो ट्याक्सीको सिटमा खसे पनि आफुहरुले चाल नपाएको भारावुतले सुनाए ।
चालक रणपहेली पुन एयरपोर्टमै पुगेर ग्यारेजमा ट्याक्सी थन्क्याउने क्रममा ढोका लक गर्ने क्रममा सिट मुनी रहेको थैलो देखेपछि खोलेर हेर्दा पैसा देखेपछि पुनः ठमेलपुगी उनीहरुलाई तपाईहरुको पैसा भन्दा उनीहरुले हाम्रो होईन भन्दै लिन नमानेपछि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको केन्द्रीय कार्यालय आएका थिए ।
चालक पुन होटलमा फर्किएर आउदासम्म आफूहरुको पैसा हराएको भेउ नै नपाएकोले सुरुमा वेवास्ता गरेको थानामुनले बताइन् । पछि मात्र थाहा पाएर होटलको सहयोगमा प्रहरी समक्ष आएको उनले बताइन् ।
उनीहरुलाई ट्राफिक महाशाखा कार्यलयमा संगठनका केन्द्रीय उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठ, महासचिव भीमज्वाला राई बागमती अध्यक्ष नवराज घिमिरे, एयरपोर्ट ईकाई अध्यक्ष शंकर थापा तथा ट्राफिकका एसपी पोषराज पोखरेलको उपस्थितिमा रकम फिर्ता गरिएको थियो ।
झापा शिवगञ्जका ४९ वर्षीय रणपहेली २०५२ सालदेखि यातायात मजदुरीमा रहेका छन् । हाल काठमाण्डौं एयरपोर्ट कालीमाटी टोल बस्दै आएका उनी नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एयरपोर्ट ट्याक्सी ईकाईका सदस्य हुन् । source:taja khabar




प्रतिक्रिया दिनुहोस्...