.एसिड पीडित किशोरीलाई राप्रपा नेपालको सहयोग



काठमाडौं, ८ चैत । राप्रपा नेपालको भातृ संगठन प्रवासी नेपाली संगठन जापानले राजधानीको बसन्तपुर एसिड घटना पीडितलाई उपचार रकम सहयोग गरेको छ ।

गत फागुन १० गते बसन्तपुर स्थित ट्युसन सेन्टरमा भएको एसिड आक्रमणबाट सख्त घाईते भएकी संगीता पुलामी मगर र सिमा बस्नेतलाई प्रवासी नेपाली संगठन जापानले उपचारका लागि आर्थिक सहयोग गरेको हो ।

जापानमा संकलन गरिएको ५० हजार सहयोग रकम मंगलबार राप्रपा नेपालका अध्यक्ष कमल थापाले पीडित संगीता पुलामी मगरकी आमा र पीडित सिमा बस्नेतलाई पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा प्रदान गर्नुभयो ।

प्रवासी नेपाली संगठन जापानका अध्यक्ष रघुदिप खड्का र अर्पणराज खरेल लगायतले जापानमा संकलित रकम पार्टीको प्रवासी नेपाली समन्वय विभाग मार्फत नेपाल पठाएका हुन् । आर्थिक सहयोग प्रदान गर्दै अध्यक्ष थापाले यस घटनाले आफुलाई अत्यन्त दुःखी बनाएको भन्दै पीडितहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरे ।

पीडित सिमा बस्नेतले राप्रपा नेपालले आफुहरुप्रति देखाएको सद्भावको निमित्त धन्यवाद व्यक्त गरिन् । विभागका प्रमुख श्याम केसी र सदस्य सचिव विजय खड्काले पीडाको घाउमा यो थोरै मलम लगाउने प्रयास मात्र भएको बताए ।source:taja khabar




प्रतिक्रिया दिनुहोस्...