..ट्याक्सी जलाइदिए आँसु थामिएन, सोंचें गरिबमाथि नै किन बज्रपात हुन्छ दैव ?’
खुसी सबै क्षणभरमै लुटियो
मानिसले जीवनमा अनगिन्ती सपना देख्छ । कति पूरा हुन्छ कति पूरा हुँदैन । सपना देख्छ सपना पूरा गर्नको लागि जीवनभर संघर्ष गर्छ । तर संघर्षबाट प्राप्त भएको खुसी लुटिदा कसको पो मन थामिएला र ?
बन्दमा जलाइएको ट्याक्सीका चालक निरज बानियाँ
‘म स्ट्रिङमै थिए, भाग भनेर उनीहरु भागेपछि हुरहुरी आगो बल्यो, कपाल डढ्यो, मोबाइल पनि निकाल्न पाइन, कागपत्र सबै जल्यो जीवनभरको कमाई क्षण भरमै खरानी भयो’, उनले भने,‘आँखामा आँसु थामिएन, परिवार पाल्ने एउटा मात्र विकल्प आगोले दनदनी बल्यो ।’ बाहिर निस्किएपछि आरोलोमा रहेको गाडि गुडेर ढलमा फस्यो मसँग निभाउने कुनै उपाय थिएन, जम्मा भएकाहरुले पनि रमिते मात्र भए, उनले भने । गाडी रोक्नु नै मेरो गल्ती भयो, उनले गाडी जलेको सम्झदै भने,‘आपतमा परेकालाई छोडेर हिडन सकिन ।’
पाँच बर्षमा आमा बुबा गुमाए
पाँच बर्षको हुँदा बुबा आमा गुमाएको अतितको पीडा खोतल्दै बानियाले गरिब र दिन दुःखीहरुले गरी खानको लागि किन यति धेरै गाह्रो हुन्छ भन्ने चिन्ता व्यक्त गरे । काठमाडौमा गर्नुजति दुः ख गर्दा पनि जीवनमा परिवर्तन आएन त्यही भएर विदेश गए, आफन्तको मायाले छोडेन बाँनियाले भने,‘गाडी लाइनको विषयमा केही थाहा थिएन, निकै दुःख गरेर ड्रार्भिङ सिकेर गाडी किने ।’
टयाक्सी नभएपछि सुकुम्बासी भएँ
बुबा आमाको माया गुमाएपछि काका र ठूलो बुबाले साहरामा हुर्किए । हेटौडामा मनहरी पुल नजिकै भएको घरखेत पनि आठ बर्ष अघि सबै बाढीले बगाएपछि सुकुम्बासीजस्तै भएका बाँनिया सुन्दर सपना बटुल्दै राजधानी छिडेका थिए । मंगलवार ३० दलीय मोर्चाले आह्वान गरेको बन्दमा बाल कुमारी ट्याक्सीभित्र आगो लगाउंदा बाँचेका बाँनियाले सानैमा असाहे र साहरा विहीन भएका थिए, दुःखले केही खुसी पलाएको थियो, पापीहरुले गर्दा पुनः सडकमै सुकुम्बासी बनेको बताए ।
आफ्नै देश विरानो भो
परिवारको खुसी र गर्जो टार्ने समस्या केही सहज हुन्छ कि भनेर तीन बर्ष विदेश गएर रगत पसिना बगाए । उनको मनले मानेने यतिको दुःख त आफ्नै देशमा गर्ने हो भने आफ्नै देशमा बाँच्न सकिन्छ । त्यही भएर विदेशको मोह छोडेर काठमडौं आए । छोराछोरी पाल्नु पर्ने पढाउनु पर्ने दायित्व सबै आफ्नै काँधमा आएपछि समस्यासँग डराएर पनि भएन भन्दै उनले ट्याक्सी किन्ने योजना बनाए र किने ।
पीडाले मन थिललिथएको छ पोखौ कहाँ ?
जीवनमा उनले भोग्ने दुःख सायदै मात्र बाँकी छ । पीडाले थिलिथिएको मन परिवारको खुसीमा साटिएको छ । बन्दको दिन सिट बेल्ट नबाँधेकाले मात्र बालबाल बाच्न सकेको सुनाउदै उनले भने,‘ जीवनभरको कमाई क्षणभरमै खरारीमा परिणत भएको देख्दा आँखामा आँसु थामिएन, मनभरी पीडा नै पीडा छ कहाँ पोखौ ।’ धर्ती बोल्दैन आकाशले सुन्दैन, उनले आँखाबाट आँसु झार्दै थपे,‘गरिबमाथि नै किन बज्रपात हुन्छ दैव ?’
८ लाखको ऋणको भारी थिच्यो
जीवनभरको रगत पसिना जम्मा पारेर किनेको त्यहीँ एउटा टयाक्सी थियो । त्यो पनि अब उनीसँग रहेन । फाइन्सनमा १० लाखको किस्ता तिर्दा हैरान भएका उनले आफन्तसंग ऋण गरेर ६ महिना अघि आफ्नो नाममा ट्याक्सी पास गरेका थिए । ‘८ लाख रुपैयाँ पैसा तिर्न बाँकी छ, ट्याक्सी खरानी भइहाल्यो’,आँसु पुस्दै बानियाँले भने,‘संविधान बनाउने गरिबको ट्याक्सी नजलाउनुहोस गरिबको विचल्ली बनाएर कस्तो संविधान ल्याउन खोजेको हो मैले बुझ्न सकिन ?’
के गरिबले गरी खान पाउँदैनन ?
ट्याक्सी जलाएपछि आफू अब सडकमै बस्नु पर्ने अवस्था आएको सुनाउंदै बाँनियाले थपे,‘अब नेपालमा गरिब दुःखीले गरी खाने दिन गएछ ।’ सरकार बोल्दैन, आन्दोलनकारी बोल्दैन मेरो गाडीको क्षतिपूर्ति कसले दिन्छ ? उनले प्रश्न गरे । नेपालमै केही गरेर खानु पर्छ भनेर विदेशी भूमि छोडेर आएको बताउंदै उनले भने,‘बन्द सधैको लागि बन्द होस, बन्दको नाममा गरिबका सपनाको हत्या नगरियोस, बन्द गर्नेका विरुद्ध सबै भएर बोलौ अब पनि नबोले कहिल्यै बोल्ने ?’ सरकारलाई उनले प्रश्न गरे, ‘सरकार अब गरिबले नेपालमा गरि खान पाउंदैनन हो ?’source:nepali headline




