"ज्ञानेन्द्र शाह आज दिल्ली जादैँ
सेतोपाटी डटकममा खबर छ ।पूर्वराजा ज्ञानेन्द्र शाह आज भारतको नयाँदिल्ली जादैँछन् । साँझ पौने ५ बजे उनी त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।पत्नी कोमल, नातिनी पूर्णिका र संवाद सचिव फणिराज पाठकसहित उनी दिल्ली जान लागेका हुन् । हिमानी भने केहि दिन अघि नै दिल्ली गइसकेकी छिन् ।दिल्लीमा बसाइका क्रममा पूर्वराजाले पत्नीको स्वास्थ्य उपचार तथा महत्वपूर्ण राजनीतिक भेटघाट गर्ने स्रोतले जनाएको छ ।




