आज चन्द्रग्रहण, कुन राशिलाई कस्तो प्रभाव ? जानी राखौ...
काठमाडौं, चैत २१ – चैत शुक्ल पूर्णिमाको दिन शनिबार (आज) खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । काठमाडौं उपत्यकाबाट बेलुका ६ बजेर २३ मिनेटदेखि साढे ७ बजेसम्म चन्द्रमामा ग्रहण देखिनेछ ।
ज्योतिषहरुका अनुसार तुला, मिथुन तथा कुम्भ राशिका व्यक्तिलाई यो चन्द्रग्रहणको नराम्रो प्रभाव पर्ने छ । यस्तै मेष, सिंह, धनुलाई ग्रहण शुभ रहने र बाँकी सबै राशिका व्यक्तिमा ग्रहणको प्रभाव मध्यम रहने ज्योतिषले बताएका छन् ।
ग्रहण लागेका बेला चन्द्रमालाई सीधा आँखाले हेर्न नहुने र ग्रहण सकिएपछि नजिकको नदी वा खोलामा गएर स्नान गर्नु पर्ने धार्मिक विश्वास पनि छ । यस्तै ग्रहण अवधिभर खाना पकाउन र खान नहुने पनि विश्वास गरिन्छ ।
