ठमेलको होटलमा स्कूटीको चाहनामा पहिलो पटकपरपुरूषसंग यौन सम्पर्क



 राजधानीको सुविधा सम्पन्न परिवारमा जन्मे हुर्किएकी मैले कुनै कुराको अभाव व्यहोर्नु परेको  थिएन । माध्यामिक तहको पढाईसम्ममा म अव्वलनै विद्यार्थी थिएँ । ट्युसन, स्कूलको पढाईले अन्य कुरामा ध्यान जाने फुर्सदै हुँदैन थियो । माध्यामिक स्कूलसम्म मेरा कम मात्र मन मिल्ने साथी थिए । घर नजिकै विद्यालय भएकाले पढाईको चापका कारण अन्त मन डुलाउने, साथीसंगी बनाउने फुर्सद पनि भएन ।ओयसनेपालमा खबर छ ।



मैले प्रवेशिका परीक्षा विशिष्ट श्रेणीमा उतीर्ण गरेँ । प्रवेशिका परीक्षा उतीर्णसँगै म थोरै फुकूवा पनि भएँ । साइन्स पढ्ने रहर हुँदा हुँदै पनि परिवारका दवावका कारण म व्यवस्थापन संकाय पढ्न बाध्य भएँ । स्कूलको फलामे अनुशासनबाट एकैचोटी बाहिर आएकी मलाई कलेजको अनुशासनको सीमा निकै फराकिलो लाग्दैथियो । स्कूलमा नजिकैको परिवेशका साथीहरूकोमात्र संगत पाएकी मैले कलेजमा भने टाढा–टाढाका साथीहरूको संगत गर्ने मौका पाएँ । त्यसमध्ये त अधिकांश राजधानी बाहिरकै थिए ।

राजधानी बाहिरका पनि हुने खानेका छोराछोरी पढ्ने कलेज भएका कारण अधिकांश होस्टलमा बसेर पढ्ने खाले थिए । उनीहरूको लवाई खवाई निकै भड्किलो प्रकृतिका थिए । राजधानीको स्थायी बासिन्दा भएपनि मेरो परिवारले मलाई उनीहरु जति खर्च नगरेको भान हुन्थ्यो मलाई । उनीहरू प्रत्येक शनिबार नयाँ नयाँ ठाउँ जाउँ भन्थे । विदा या अन्य छुट्टिका दिन पनि उनीहरू कुनै ठाउँ पुगेकै हुन्थे । व्वायफ्रेण्ड, गर्लफ्रेण्ड त प्रायः सवैका थिए ।

११ कक्षाको तीनरचार महिना नवित्दै मेरो पढाई डामाडोल हुन थाल्यो । फ्रस्र्ट टर्म एक्जाममै कमजोर नतीजा आएको थियो । तर हामीले समयमा फी बुझाउने भएका कारण कलेजले अनावश्यक कम्प्लेन गरेर दुःख दिँदैनथ्यो । त्यसकारण मेरो पढाई बिग्रिएको कुरा घरमा थाहा हुने कुरै भएन र कलेज सुरू भए देखि नै घरमा मैले आफूलाई स्कूटी चाहिएको कुरा बताएको थिएँ । तर, घरपरिवारले वेला भएको छैन भन्दै मेरो कुरामा खासै ध्यान दिएका थिएनन् । मलाई भने आफूसँग स्कूटी नहुँदा साथीसंगीसँग घुम्न जान तथा कलेजै आवत जावत गर्न पनि अप्ठ्यारो भइरहेको थियो । source taja khabar




प्रतिक्रिया दिनुहोस्...