'मलेसियामा एक नेपाली ओछ्यानमै मृत भेटिए



२२ चैत, क्यालालाम्पुर । स्याङ्जाको कृष्णगण्डकी १ का टोमबहादुर थापा ओछ्यानमै मृत भेटीएको एक हप्तापछी मलेसियामा फेरी अर्का एक जना नेपाली श्रमीक मृत भेटिएका छन्।


४ महिना अघी मलेसिया आएका रुकुमका अमृत खत्री शुक्रबार बिहान उनकै ओछ्यानमा मृत भेटिएका हुन। ड्युटी सकेर कोठामा सुतेका खत्री बिहान मृत अवस्थामा भेटिएको उनीसँगै बस्ने भोला चर्माकरले जानकारी दिए। चर्माकरका अनुसार मृतक खत्री अघिल्लो दिन राती ११ बजे सुतेका थिए।


खत्रीले यहाँको सेलङ्गर राज्य स्थित मल्लका हस्पिटलमा काम गर्थे। उनको शव अहिले उनलै काम गर्ने मल्लका हस्पिटलमा राखिएको छ। पोष्टमार्टम रिपोर्ट आएपछी खत्रीको शव नेपाल पठाइने छ। आजको नागरिकमा खबर छ ।




प्रतिक्रिया दिनुहोस्...