आजको राशिफल : आज मिति २०७१ साल चैत २२ गते आईतवार



मेष (चू चे चो ला ली लु ले लो अ)

आर्थिक सम्वृद्धिको दिशामा गरेका कामहरु सन्तोषजनक रहने छन् । केही नयाँ बस्तु प्राप्ति योग रहेको छ । शिक्षामा सुधार हुनुका साथै नयाँ अवसर हात पर्ने छन् । विवादित मुद्दाको छिनोफानो हुनेछ । रमाइला प्रसङ्गमा रम्न मन लाग्ने समय आफू अनुकूल रहेको छ ।

वृष (इ उ ए ‌ओ वा वी वु वे वो)

सरकारी कामकाजका कुरामा सफलता हात पर्नेछ । बेरोजगारीको समस्या हल हुनेछ । नोकरीमा पदोन्नती हुने उत्तम योग रहेको छ । भ्रमण सार्थक हुनेछ । अरुको भर सहयोग पाइने छ । थोरै खर्चबाट महत्वपूर्ण कार्य सम्पन्न हुनेछ ।

मिथुन (का कि कु घ ङ छ के को हा)

आर्थिक व्यय भर बढ्ने छ । पारिवारिक सम्बन्धमा खटासता आउने खतरा छ । सोचे गरे अनुसारको प्रतिफल नआउँदा मानसिक चिन्ता बढ्ने छ । खेतीपातीका काममा भने राम्रै आम्दानी हात पर्नेछ । सामाजिक क्षेत्रमा आफ्नो मान मर्दन हुनेछ ।

कर्कट (ही हु हे हो डा डि डु डे डो)

नसोचेको काममा लगानी हुनेछ । प्रेम सम्बन्धमा समस्या आउने छ । शरीरमा चोट पटकादी भय रहने छ । न्यायिक काममा हात नहालेको बेश होला, आजको दिन कानूनी कार्यमा समेत बाधक रहेको छ । विद्या बुद्धिको गलत प्रयोगबाट पनि बच्नु पर्नेछ ।

सिंह (मा मि मू मे मो टा टी टु टे)

प्राकृतिक विपदा आउन सक्छ । मानसिक चिन्ताले सताउला । आर्थिक कार्यमा पनि असफलताको योग रहेको छ । बैदेसिक यात्रा भने सफल हुने देखिएको छ । परदेशको बास हुनेछ । अपरिचितको सहयोग पाइने छ । ब्यक्तिवादी विचार हावी हुनेछ ।

कन्या (टो प पी पु ष ण ठ पे मो)

कमजोर आर्थिक स्थितिका बावजुद सोचेको काम पुरा हुनेछ । आफूमा भएको ज्ञान सीपको सदुपयोग हुनेछ । अपरिचित व्यक्तिसँग मित्रता हुनेछ । सामाजिक काममा प्रतिष्ठा पाइने ग्रह योग रहेको छ । समय अनुसार चल्दा प्रतिफल पनि उच्च आउने छ ।


तुला (र री रु रे रो ता ती तू ते)
कार्य क्षेत्रमा आएका विवाद हल हुने छन् । सोचेर गरेको कामको प्रतिफल सकारात्मक आउने छ । कुटुम्बेली सम्बन्ध बन्ने योग रहेको छ । सामाजिक कार्यप्रति उत्तरदायी हुने योग रहेको छ । कलाकारिता जस्ता रचनात्मक कार्यमा मन लाग्ने छ ।


वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)
सोचेको र गरेको कामको उचित प्रतिफल नआउँदा चिन्तित भइने छ । लामो समयबाट रोक्किएको काम बन्ने छ । नयाँ आय श्रोत पत्ता लाग्ने छ । विवादबाट मुक्ति मिल्ने छ । व्यापारिक प्रयोजनका लागि गरिने गतिविधि सफल हुने छन् ।


धनु (य यो भा भी भू ध फा ढ भे)
जलकारक बस्तुको प्रयोग घातक बन्न सक्ने छ । मेसिनरी बस्तुको प्रयोगमा पनि उत्ति नै सजग हुनु पर्ने देखिएको छ । स्वास्थ्य केही प्रतिकूल हुने देखिएको छ । समयको गतिलाई नचिन्नु असफलताको कारण बन्ने छ । विवादित कुरा अरु पेचिलो बन्ने छ ।


मकर (जो जा जी खी खू खे खो गा गी)
सहि समयको सहि मूल्यांकनले आफूलाई प्रतिष्ठित बनाउने छ । नेतृत्वदायी क्षमताको कारण पद प्रतिष्ठा बढ्ने छ । सामाजिक कार्यबाट उच्च प्रतिफल हात पर्ने ग्रह योग रहेको छ । परिवारमा आएका सकारात्मक परिवर्तनको जस पाइने छ । मित्रता झन् प्रगाढ हुनेछ ।


कुम्भ (गू गे गो सा सी सु से सो द)
आर्थिक कारोवारमा झमेला आउने छ । बहुमूल्य बस्तु गुमाउनु पर्ने हुन सक्छ । विवादित कुराको निर्क्योल नहुँदा मानसिक चिन्ताले सताउला । आफन्त भन्दा बाहिरका मान्छेको सहयोग सदभाव पाइने छ । साहसिक कार्यको उचित मूल्याङ्कन हुनेछ ।


मीन (दि दू थ भ ञ दे दो चा ची)


समय सापेक्ष कार्यको थालनी हुनेछ । अरुको भरोष पाइने छ । साहसिक कार्यबाट आत्म सम्मान भएको अनुभूति हुनेछ । टाढाका आफन्तबाट केही नयाँ समाचार सुन्न पाइने छ । कलाकारितामा लागे प्रतिफल उच्च रहने छ । विवादित मुद्दाको फैसला हुनेछ ।source:taja kahabar





प्रतिक्रिया दिनुहोस्...