.थाइल्याण्डले देश निकाला गरेको थियो पारसलाई



काठमाण्डु, २६ चैत–

पूर्वयुवराज पारस शाहलाई थाइल्याण्ड सरकारले देश निकाला गरेको खुलासा भएको छ ।

लामो समयसम्म नवीकरण नगरेको भन्दै थाई अध्यागमनले भिसा दिन इन्कार गरेसँगै पारसलाई देश निकाला भएको हो ।  पारस गत धरौटी रकम बुझाएपछि थाई अदालतको आदेशमा जेलमुक्त भएका थिए ।
अदालतले एक वर्ष थाइल्याण्डमै पुनस्र्थापना केन्द्रमा बस्न निर्देशन दिएको थियो । विदेशी नागरिकलाई पुनस्र्थापना केन्द्रमा बस्न भिसा चाहिने भएकाले पारसले भिसाका लागि अध्यागमनमा आवेदन दिएका थिए ।
प्रहरी निगरानीमा पासपोर्टमा भिसा थप्न गएका पारसलाई अध्यागमनले समय घर्किसकेको भन्दै ‘डिपोट’ गरेको विश्वस्त स्रोतले जनाएको छ ।
अध्यागमनले भिसा दिन इन्कार गरेपछि पारसलाई थाई सरकारले नै प्लेन टिकट काटेर नेपाल फर्काइदिएको थियो । उनी गत बिहीबार नेपाल आएका थिए । लामो समयपछि स्वदेश फर्केका पारसलाई पूर्वराजा ज्ञानेन्द्रले निर्मल निवास पस्न दिएनन् । उनी हाल धापासीस्थित कुण्डलिनी रिसोर्टको पुनस्र्थापना केन्द्रमा छन् ।
पत्नि हिमानी आफूलाई नभेटी ज्ञानेन्द्रको भारत भ्रमणको चाँजोपाँचो मिलाउन दिल्ली गएपछि पारस थप तनाबमा छन् ।
source:taja khabar






प्रतिक्रिया दिनुहोस्...