.प्रचण्डलाई दिपकराज गिरीको डाइलग
२३ चैत, काठमाडौं ।
चर्चित हास्य कलाकार दिपक राज गिरीले आम हड्ताल नभएर भवक हड्ताल गर्न परचण्ड नेतृत्वको मोर्चालाई सुझाव दिएका छन् । प्रचण्ड नेतृत्वको विपक्षी मोर्चाले तीन दिने आम हडताल गर्ने तयारी गरिरहेको समयमा दिपकराज गिरीले फेसबुकबाट यस्तो सुझाव दिएका हुन् ।
उनले भनेका छन्ः नेपाल बन्द, आमहडताल र दलहरुको सम्बन्ध के छ? फेरि ३ दिने आमहडताल रे, सक्नु हुन्छ डा. के.सि जस्तै खान बन्द गर्नुस,
साच्च्कै आन्दोलन गर्ने भए संयुक्त आम भोकहडतालमा बस्नुस, नत्र तपाइहरूको यो ३ दिने हडतालले कति मजदूरहरू भोकै सूत्न बाध्य हुनेछन्, संबिधान निर्माण गर्न नसक्ने नि तपाइहरू बन्द, हड़ताल गरेर निमुखाहरूलाई भोक हडतालमा धकेल्ने नि तपाईहरू?source:nepali headline
