फुपुको घर जान लागेकी युवतीलाई प्रहरीले जंगलमा लगेर बलात्कार गरेपछि…



०७१ चैत २६ गते
डोटी, २६ चैत । डोटीमा प्रहरी जवानबाटै एक तेह्र वर्षीया बालिका बलात्कृत भएको आरोप लागेको छ ।
बैतडी जिल्ला घर भई घण्टेश्वर प्रहरीचौकी गैरा डोटीमा कार्यरत प्रहरी जवान कमानसिंह बोहराले ती बालिकालाई बलात्कार गरेको आरोप लागेको हो ।
आरोपित जवानमाथि कारवाहीका लागि पीडित पक्षले जिल्ला प्रहरी कार्यालय डोटीमा किटानी जाहेरी दर्ता गराएका छन् ।

घट्ना यहि चैत्र ९ गतेको भए पनि उपचार गराउने क्रममा कैलालीको अत्तरीयामा रहेको एक निजी अस्पतालले बालिकाको पेटमा गर्भ रहेको देखाएपछि मात्रै ढिलो गरी घट्नाको रहस्य सार्वजनिक भएको हो ।
बालिकाको चैत्र १४ गते स्कुल जाँदा साईकलबाट लडेर हात भाँचिएपछि उपचार गराउने क्रममा पिसाव जाँच गराउदा उनको पेटमा गर्भ रहेको रहस्य खुलेको बताईएको छ । कक्षा ७ मा पढ्दै गरेकी ती बालिका फुपुको घरबाट आफनो घर जाने क्रममा बलात्कृत भएको बताइएको छ ।
राति करिब साढे सात बजेतिर जंगलमा लगेर आफूलाई बलात्कार गरेको पीडित बालिकाले बताईन् । उनले भनिन् ‘उसले मलाई बलात्कार गरिसकेपछि कसैलाई नभन्नु म तिमि संग विहे गरौंला भन्दै गरेको हो ।’ श्रोतका अनुसार बलात्कारको आरोप लागेका प्रहरी जवानको घरमा श्रीमती र छोराछोरी छन् ।
आरोपित प्रहरी जवान बोहरालाई जिल्ला प्रहरी कार्यालयको निगरानीमा राखिएको छ भने पीडित बालिकाको जिल्ला अस्पताल डोटीमा स्वास्थ्य जाँच भईरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक तथा प्रबक्ता डम्बरबहादुर चन्दले बताउनुभयो ।
घटनाको पुष्टी भए आरोपित जवानविरुद्ध जवरजस्ती करणीको मुद्दा चलाईने पनि उहाँले बताउनुभयो । उहाँले भन्नु भयो ‘घट्नाको छानबिन भैरहेको छ आरोप प्रमाणित भए कानुनी कार्बाही अवश्य हुन्छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
source:taja khabar




प्रतिक्रिया दिनुहोस्...