प्रचण्ड मोर्चालाई दिपकराज गिरीले हाने अर्को झटारो...
एक दिन अघि आम हडतालको साटो भोक हडताल गर्न प्रचण्ड नेतृत्वको मोर्चालाई सुझाव दिएका दिपकराज गिरीले फेरी बन्दको विरोधमा कडा टिप्पणी सार्वजनिक गरेका छन् ।
बन्द र हडताल गर्नेहरुलाई जनताले भोट दिएर गल्ति गरेको भन्ने आशयको उनको पछिल्लो कविताले पनि चर्चा पाएको छ ।
फेसबुकमा उनले यस्तो कविता लेखेका छन्ः
कहि नभाको जात्रा हॉडि गॉउमा
जे जे गर्छन् दलहरू जन्ताहरूकै नॉउमा
एका बिहानै ट्याक्सी फोडे जन्ताहरूकै नॉऊमा
जे जे खेल खेलिन्छ यॉहा सत्ता पाउने दॉउमा
यो ३ दिने बन्द पनि जन्ताकै नॉउमा
संबिघान नबनेको पनि हामी जन्ताहरूकै नॉऊमा
चिल्ला गाडिमा गुडेर गरिबिका कूरा गर्छन् जन्ताहरूकै नॉउमा
हैन हो गॉठे यिनले भनेका जन्ता बस्छन् कुन गॉउमा
हाम्लाइ नै जन्ता भन्या हो भने किन यो बन्द गरे
काम गरेर खानु पर्नेहरू रनभूल्लमा परे
भन्दिनुस हजूर …..भोट हालेर पो ठूलो गल्ति गरें source rochak-kura.
