.शिक्षकले हिसाब सिकाइदिने भन्दै यौन सम्पर्क राखेपछि…
शिक्षकले हिसाब सिकाइदिने भन्दै यौन सम्पर्क राखेपछि…
काठमाडौं,फागुन १३ – ‘हिसाब सिकाइदिन्छु भन्दै सरले बोलाउनुहुन्थ्यो, जाँदा कपाल सुमसुमाउने, छाति मुसार्ने गर्नुहुन्थ्यो,’ आफूलाई पढाउने शिक्षकविरुद्वद बलात्कारको अभियोगमा कारबाहीको माग राख्दै उजुरी दिएकी १४ वर्षीया एक छात्राले भनिन् ‘सर भएकोले केही पनि बोलिन । तर, हामी मंसिरमा खासा भ्रमण जाँदा एउटै कोठामा सुतेको बेला यौन सम्पर्क गर्नुभयो ।’
किशोरीको उजुरीपछि प्रहरीले पोखरा १६ वाटुलेचौरका अन्दाजी ५५ वर्षीय लक्ष्मण खवासलाई पक्राउ गरेर कारबाही प्रकृया अघि वढाएको छ । ‘अभियुक्त खवास विरुद्व जर्वजस्ती करणी गरेको अभियोगमा कार्वाही प्रकृया थालेका छौं,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देविप्रसाद पौडेलले भने ।आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छापिएको छ । -
