छात्रामाथि तेजाब हान्‍ने युवालार्इ मृत्युदण्डको सजाय....



छात्रालार्इ तेजाब हान्ने युवाहरुलार्इ अदालत लगिँदै ।
: छात्रामाथि तेजाब हान्‍ने एक युवालार्इ  बंगलादेशको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ ।


सन् २०१२ मा एक स्कूले छात्रामाथि तेजाब हान्‍ने युवा अरिफउल इस्लामलार्इ स्थानीय रंगपुर जिल्लाको अदालतका न्यायाधीश मन्जुरुल बासिदले बुधबार मृत्युदण्डको सजाय सुनाएका हुन् ।

बीडीन्यूज२४ का अनुसार रंगपुरका जिल्ला न्यायाधीश मन्जुरउल बासिदले तेजाब हान्ने घटनामा दोषी ठहरिएका आरिफउल इस्लामलार्इ मृत्युदण्ड र उनका दुर्इ अलल मिहा र दुलल हुसैनलार्इ जन्मकैदको सजाय सुनाएका हुन् ।

तेजाब हमलाको घटना सन् २०१२ अगस्ट १३ तारिखमा भएको थियो । तेजाबले लागेर ती छात्राले दुबै आँखाको दृष्टि गुमाएकी थिइन् । उनी बंगलादेशको दक्षिणी बाबुखामा बस्दै आएकी थिइन् ।

अदालतले तीनै जना दोषीबाट एक लाखा टका आर्थिक जरिबाना गराउने फैसला पनि सुनाएको छ । सो जरिबाना रकम पीडित छात्रालार्इ प्रदान गरिनेछ ।

यो घटनामा संलग्न भनिएका अन्य अभियुक्तहरु अरेफिन र रसेललार्इ भने अदालतले सफाइ दिएको छ । source a2z khabar




प्रतिक्रिया दिनुहोस्...