..नयाँ वर्ष २०७२ को अवसरमा नेपाली कलाकारहरुले कतार तताउने



घनश्याम पराजुली (कृष्ण) , दोहा । नयाँ वर्ष २०७२ को अवसर पारेर कतारमा नेपाली नयाँ वर्ष धमाका हुने भएको छ । कार्यक्रममा महानायक राजेश हमाल सहित नेपालका ख्याती प्राप्त १ दर्जन भन्दा बढी राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने भएको छ ।



बक्स अफ इभेन्ट कम्पनीले प्रस्तुत गर्न लागेको उक्त कार्यक्रमलाई अल जमान एक्सचेन्ज र भिजन गुप्रले अयोजना गरेको हो । विहिबार साझँ पत्रकार सम्मेलन गरी कार्यक्रमको बारेमा जानकारी दिईएको थियो । नेपाल पत्रकार महासंघ कतार शाखाको सम्वन्यमा आयोजित पत्रकार सम्मेलनमा महासंघका कार्यवाहक अध्यक्ष दिपक पुडासैनी , अल जमान एक्सचेन्जका मोहम्मद फयास , भिजन गुप्रका नौफल , कार्यक्रम संयोजक राजेन्द्र गुरुङ्ग लगायत पत्रकारहरुको उपस्थिती रहेको थियो ।

आयोजकहरुले कार्यक्रमको विस्तृत जानकारी दिदै आगामी अप्रिल १७ तारिक शुक्रबारका दिन सनैयाको ग्राण्ड मल नजिक रहेको ईस्टवेष्ट पार्कमा दिउसो ४.३० बजेबाट कार्यक्रम शुरु हुने बताए । कार्यक्रममा उपस्थित दर्शकहरुका लागी दिउँसो २ बजेबाट नै कार्यक्रम स्थल खुल्ला गरिने बताईएको छ ।

कार्यक्रमका लागी नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल , चर्चित गायक राजेश पायल राई , नायिकाहरु प्रियङ्का कार्की र सुस्मा कार्की , गायिकाहरु ईन्दिरा जोशी र सिमा संग्रौला , हास्य कलाकार विल्सम विक्रम राई (तक्मे बुढा) , मिस नेपाल तथा नायिका माल्भिका सुब्बा , भोजपुरी र मैथिली नृत्यकार डोली सरकार र गायिका सुनिता शाह , भोजपुरी मैथिली र हिन्दी गायक आभाष लाभ , लोकदोहोरी गायक मिलन लामा र गायिका चन्दा अर्याल , नृत्य निर्देशक मोडल तथा नृत्यकार शंकर बिसी , नृत्यकार रश्मी तामाङ्ग साथै कार्यक्रम संयोजक नविन लामा कतार आउदै छन ।

महानायक हमाल अप्रिल १४ तारिकका दिन नै कतार आईपुग्ने छन भने अन्य कलाकारहरुको अप्रिल १५ तारिकका दिन कार्यक्रमका लागी कतार आउनेछन । महानायक हमालको कार्यक्रममा पहिलो पटक रोमान्चकारी प्रस्तुती रहने आयोजकले बताएको छ । कार्यक्रममा उपस्थित दर्शकहरुको टिकट मार्फत भाग्यशाली पुरस्कार समेत वितरण गरिने पत्रकार सम्मेलनमा जानकारी दिए । दिउसो ४.३० बजेबाट शुरु हुने कार्यक्रम ६ घण्टा सम्म चल्ने छ । कार्यक्रमको टिकटदर क्रमशः कतारी रियाल २०५ , १५५ , १०५ , ७५, ५५, ४५ रहेको छ । कतार टेलिकम ओरेडोले कार्यक्रमलाई कतारमा ल्याएको हो ।

दर्शकहरुको सुरक्षा तथा व्यवस्थापनका लागी १५० जना सुरक्षाकर्मी र १५० जना स्वयंसेवकको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईयो । आयोजक टिमले विगत लामो समय देखी विभिन्न समुदायका कार्यक्रमहरु गर्दै आएको बताउदै नेपाली दर्शकहरुलाई मध्यनजर गर्दै नयाँ बर्ष धमाका गर्न लागेको बताए । उनीहरुले आगामी दिनहरुमा बर्षमा ३ बटा कार्यक्रमहरु समेत गर्ने भन्दै कार्यक्रमको आम्दानीबाट केही रकम नेपालमा सहयोग समेत गर्ने जानकारी दिए ।source:taja khabar




प्रतिक्रिया दिनुहोस्...