.म मरेको छैन : दीपकराज गिरी



बुधबार, बैशाख ९,
 मंगलबार बिहान सवारी दुर्घटनामा एक सर्वसाधरण दीपकराज गिरीको निधन भएको खबरलाई सञ्चारमाध्यमहरुले ‘दीपकराज गिरीको निधन’ भन्ने शिर्षक राखेर छापेपछि धेरैले हास्यकलाकार दीपकराज गिरीको निधन भएको सम्झिए । कतिले उनलाई फोन नै गरे । धेरैले समाचारका बारेका बिभिन्न टिक्का टिप्पणी गरे । हास्यकलाकार गिरीले पनि उक्त समाचारको खण्डन गरेका छन् । उनले आफ्नो फेसबुक पेजमा स्टाटस लेखेर सो समाचारको खण्डन गरेका हुन । उनले ‘म मरे रे हो’ भनेर प्रश्न गरेका छन् ।

उनले लेखेका छन् ‘हिजो अचानक म मरे.......... फोन पनि आयो ? हलो तपाइनै बोल्नु भाको हो ? “हो म नबोलेर को बोल्छ त ? शहरमा म मरेको समाचार फैलिएछ, आफै मरेको खÞबर सुन्न पाउने थोरै भाग्यमानी ब्यक्तिमा परें ।’

उनले अझै भ्रममा रहेर दुःख मनाउँदै गरेका आफ्ना फ्यानलाई तथा शुभचिन्तकहरू लाई आफू जिउँदै रहेको जानकारी गराएका छन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस





प्रतिक्रिया दिनुहोस्...