.सेक्समा माइ च्वाइस भन्ने दिपिका पादुकोणलाई यस्तो जवाफ (भिडियो सहित)
केही समय अघि मात्र सार्वजनिक भएको बलिउड अभिनेत्री दिपिका पादुकोणको एक भिडियोले भारतभरी हंगामा गरिरहेको छ । उनले उक्त भिडियोमा कुनै पनि महिलाले कोसँग सेक्स गर्ने कोसँग नगर्ने विवाहपछि गर्ने कि नगर्ने विवाह अघि पनि गर्न पाउने जस्ता विषयमा आफै निर्णय लिन स्वतन्त्र रहेको बताएकी छिन् । हेर्नुस् भिडियो तर उनको यो भिडियोले बलिउडका धेरै महिला कलाकार समेत उनीविरुद्ध उँभिने अवस्था आएको छ । अधिकाँशले महिलाको स्वतन्त्रता केवल यौनसँग नजोडिएको भन्दै विरोध गरेका थिए । अव भने दिपकाको जवाफमा भिडियो नै सार्वजनिक भएको छ । यो भिडियोमा एक महिलाले परपुरुषसँग यौन सम्बन्ध राखेको देखाइएको छ र त्यसको परिणाम के हुन्छ भन्ने समेत देखाइएको छ । हेर्नुस् भिडियो चर्चित कलाकार एवं निर्देशक बरुन प्रुथीले यो भिडियो बनाएका हुन् ।
