डन गणेश लामासहित दर्जनभन्दा बढी घाइते



काभ्रे – तीस दलीय मोर्चाले निकालेको मसाल जुलुसका क्रममा बनेपाको सात दोबाटोमा प्रहरीसँग सोमबार साँझ झडप भएको छ।
झडपमा सात प्रहरी र १२ प्रदर्शनकारी घाइते भएका छन्। झडपमा फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य गणेश लामा समेत समान्य घाइते भएका छन्।
घाइतेहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार केसीले बताए । प्रहरिले मसाल जुलुसलाई रोक्न खोजे पछी उत्पन्न बिबादले झडपको रुप लिएको थियो ।





प्रतिक्रिया दिनुहोस्...