.एकाबिहानै कोटेश्वरमा ट्याक्सी र बसमा आगजनी
काठमाडाै,चैत २४
आमहड्तालका कारण जनजीवन प्रभावित,
एकीकृत माओवादी नेतृत्वको ३० दलीय विपक्षी मोर्चाले गरेको देशभर गरेको आमहड्तालका कारण जनजिवन प्रभावित भएको छ ।
मोर्चाले पहिचान र संघीय पहिचान र अधिकार सहितको सङ्घीय संविधान निर्माण गर्नुपर्ने, आन्दोलनबाट प्राप्त गरेका उपलब्धिहरूको रक्षा गर्नुपर्ने, सङ्घीयता, गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक–समावेशी
प्रतिनिधित्व लगायतका आन्दोलनका उपलब्धिहरू संस्थागत गराउनुपर्ने लगायतका १५ बुँदे माग राखेर पर्सिसम्म आमहड्ताल बन्द आब्हान गरेको छ ।
यसैबीच बन्दका क्रममा बन्दकर्ताले कोटेश्वर बालकुमारीमा एकाबिहान पार्किङ गरिराखेको बा १ ज १८७७ नम्बरको ट्याक्सीमा आगजनी गरेका छन्। आगजानीबाट ट्याक्सीमा क्षति पुगेको छ।
ललितपुरबाट गएको दमकलले आगो नियन्त्रणमा लिएको हो। यसैगरी बन्दकर्ताले एउटा बसमा पनि क्षति पुर्याएका छन् । सवा ५ बजेतिर नै बन्दकर्ताले पेट्रोल छर्केर ट्याक्सी र बसमा आगजनी गरेको प्रहरीले जनाएको छ। भिडियो हेर्न तलको बाकस थिच्नुहोसsource:taja khabar
