..विवाहका लागि संविधान कुर्दै राष्ट्रपतिकी छोरी
२९ चैत, काठमाडौं ।
अनिता यादव राष्ट्रपति डा. रामवरण यादवकी छोरी हुन् । उनी राष्ट्रपति यादवको विदेश भ्रमणमा ‘फस्ट लेडी’को जिम्मेवारी सम्हाल्छिन् ।
बुबा राष्ट्रपति भएदेखि नै सघाउँदै आएकी अनिता अहिले सम्म अविवाहित नै छिन् । उनी कसैसँग पनि प्रेममा नपरेको बताउँछिन् ।
अनुकुल समय आएपछि विवाह हुने विश्वासमा रहेकी अनिता मागी या प्रेम विवाह कुन हुने भन्ने कुरा भाग्यले निर्धारण गर्ने बताउँछिन् । ‘विवाह जोसँग लेखिएको छ, उसैसँग होला । मागी विवाह होला या प्रेम विवाह,त्यो त भाग्यले निर्धारण गर्ने कुरा हो’ अनिता भन्छिन् ।
उनलाई संविधान जारी भएपछि आफ्नो विवाह हुन्छ कि भन्ने लागेको छ । देशका लागि संविधान र आफ्नो लागि विवाह उस्तैउस्तै भएको उनी बताउँछिन् ।
‘संविधान जारी भएपछि मेरो विवाह पनि हुन्छ कि भन्ने लागेको छ,’ अनिता भन्छिन्,‘देशका लागि संविधान र मेरा लागि विवाह उस्तैउस्तै भएको छ ।’ नयाँ पत्रिकासँगको कुराकानीमा आधारित ।
आमाको निधनपछि विचलित भएका बुबालाई आफैले सम्हालेको भन्दै उनले भनिन् ‘आमाको निधनपछि बुबा धेरै विचलित हुनुहुन्थ्यो । अहिले पनि भन्नुहुन्छ मलाई क्लिनिकबाट घर र्फकन मन लाग्दैनथ्यो । तिमीलाई सम्झेर घर फर्कन्थे ।’
बुबाले अहिलेसम्म नकुटेको भन्दै अनिताले भनिन् ‘म बच्चा छँदा उहाँले घरका ठूलालाई गाली गर्दा म सुरुमै रोइसकेकी हुन्थेँ । अब मेरो पालो आउँछ भन्ने लाग्यो ।’source;nepali headline
