मलेसियामा मृत्यु भएका यी नेपाली को हुन ?



मलेसिया : मलेसियाको सेलेङर राज्यस्थित सेरडाङमा एक नेपाली युवाको हत्या भएको छ । निधार र टाउकोमा गहिरो चोट लागेको अवस्थामा नाम र ठेगाना खुल्न नसकेका ती युवाको शव बेबारिसे अबस्थामा भेटिएको हो ।  मलेसियन प्रहरीले ती युवाको शव नेपालीकै भएको जनाएपनि मृतकको साथबाट पहिचान खुल्ने प्रमाण नभेटिएको नेपाली दूतावास मलेसियाले जनाएको छ ।



अन्नपूर्ण पोस्ट दैनिक ले लेखेको छ कि ती युवाको शव अहिले सेर्डाङ अस्पतालमा राखिएको छ। यसैबीच नेपाली दुतावासले बिहीबार विज्ञप्ती निकालेर मृतकको पहिचान भए तत्काल शव नेपाल पठाउने जनाएको छ। दूतावासले तस्बिरका आधारमा मृतकको नेपालको ठेगाना पत्ता लगाउनमा सहयोग गरिदिन आग्रह समेत गरेको छ। दूतावासका द्दितिय सचिव उत्तम शाहीले मृतकको पहिचान भएपछि शवलार्इ नेपाल पठाइने बताए दिए।  मलेसियामा धेरै नेपालीलार्इ स्थानीयले लुट्ने क्रममा आक्रमण गरी हत्या गर्ने गरेका छन् । आज मृत भेटिएका युवाको पनि लुटपाटकै क्रममा हत्या भएको हुन सक्ने नेपाली दूतावासका अधिकारीहरूले जानकारी दिएका छन् ।
 Source annapurnapost




प्रतिक्रिया दिनुहोस्...