"ठगी गर्ने रेखा थापासहित भारतीय र पाकिस्तानी पक्राउ



काठमाडौं, चैत्र ११ । एनसेलको नम्बर प्रयोग गरी चिठ्ठाका नाममा ठगी गर्ने समूहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटकी रेखा थापा भनिने लीला तामाङसहित भारतीय र पाकिस्तिानी नागरिक छन् ।

उनीहरूलाई महानगरीय प्रहरी अपराध महाशाखा हनुमान ढोकाको टोलीले बालाजुबाट पक्राउ गरेको जनाएको छ । बालाजु मित्रनगरस्थित रुप्सी गेष्ट हाउसमा बसेर उनीहरूले चिठ्ठाका नाममा ठगी गर्दै आएका थिए । उनीहरुले ‘तपाईलाई पाँच लाखको चिठ्ठा पर्योम’ भन्ने सन्देश पठाएर रकम असुल्दै आएका थिए ।

चिठ्ठाको लोभमा परेकाहरूलाई रकम लिन करवाफत पैसा पठाउन लगाई ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको उल्लेख छ । एनएसलको नम्बर प्रयोग गरेर चिठ्ठाका नाममा ठगीको उजुरी परेपछि प्रहरीले उनीहरूको खोजतलास सुरू गरेको थियो ।

ठगी आरोपमा पक्राउ पर्नेमा नुवाकोट रालुकादेवी– ९ घर भएकी २१ वर्षीया लीला तामाङ रहेकी छिन् । लीलाले ठगी गर्न आफूलाई सोनम थापा, रेखा थापा र आशा लामाको नाम सक्रिय गराइएकी थिइन् ।

त्यसै गरी पक्राउ पर्नेमा भारत राजिस्थानका २५ वर्षीय सुमित शर्मा, पाकिस्तानका २५ वर्षीय मोहमद ईजाज अहमद र पाकिस्तानकै नागरिक राजिब साह भन्ने २५ वर्षीय अहमद नईम रहेका छन् । 




प्रतिक्रिया दिनुहोस्...