मृत फेला परेका युवकको सनाखत को हुन् त थाहा पाईराखौ ....



सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–२६ स्थित आँपगाछीको सडक किनारमा मृत अवस्थामा चैत ११ गते राति फेला परेका युवक उदयपुर निवासी सञ्चारकर्मी सचिन्द्र भट्टराई भएको खुलेको छ । उनी केही दिनदेखि उदयपुरबाट सुनसरीको धरान इटहरी र विराटनगरमा घुमफिरका लागि साथीसँग आएको उनको परिवारका आफन्तले बताएको प्रहरीले जानकारी दिएको छ ।


मृतक युवकसँग उदयपुरबाटै आएका राजेन्द्र पराजुलीलाई उदयपुर प्रहरीले नियन्त्रणमा लिएर सोधखोज गरिरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । उनीहरु दुवै इटहरी गेष्टहाउसमा आएर बसेको र ११ गते इटहरीकै मामा होटलमा सरेकै रात भट्टराईको मृत्यु भएको बताइएको छ ।

उनी विराटनगरबाट प्रकाशन हुँदै आएको उज्यालो पत्र दैनिक, तथा धरानबाट प्रकाशन हुँदै आएको औजार दैनिकलगायतका पत्रपत्रिकामा उदयपुरबाट रिपोर्टिङ गर्दै आएको पनि खुल्न आएको छ ।

उनको आफन्त आएर बिपी प्रतिष्ठानमा भएको शव सनाखत गरेपछि थप अनुसन्धान गर्ने तयारी भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताएका छन । source taja khabar




प्रतिक्रिया दिनुहोस्...