"चर्चित गुण्डा नाइके गणेश लामा अब मिडिया मालिक



काठमाण्डु, १४चैत–   विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य चर्चित गुण्डा नाइके गणेश लामाले मिडियामा लगानी गरेका छन् ।


अपराधिक पृष्ठभूमिका लामाले हालै राजधानीबाट प्रकाशित हुँदै आएको जनसबाल दैनिक किनेका हुन् ।
स्रोतका अुनसार राजनीतिको आडमा गुण्डागर्दी गर्दा पनि सञ्चार माध्यमबाट आक्रमण नरोकिएपछि लामा आफैं मिडिया चलाउने मनस्थितिमा पुगेका हुन् । यसअघि उक्त पत्रिकाको स्वामित्व रामजी बगाले र अर्का एकजनाको नाममा थियो ।
लामाविरुद्ध गुण्डागर्दी माध्यमबाट अकुत सम्पत्ति आर्जन गरेको मुद्धा विशेष अदालतमा विचाराधीन छ । काभ्रे निवासी लामा गत संविधानसभा निर्वाचनमा फोरम लोकतान्त्रिकका तर्फबाट काभ्रे–२ मा उम्मेदवारी दिएको भोलिपल्टै २०७० असोज १८ मा तीन करोड मूल्य बराबर धरौटी बुझाएर जेलमुक्त भएका थिए ।
सम्पत्तिशुद्धीकरण विभागले लामाले अवैधरूपमा २७ करोड एक लाख ६१ हजार ५८ रुपैयाँ बराबरको सम्पति आर्जन गरेको आरोपमा उनीविरुद्ध ५ जेठ २०७० मा विशेषमा मुद्दा दायर गरेको थियो ।
लामा अदालतले तोकेको तीन करोड धरौटी दिन नसकेपछि ३ साउनमा जेल गएका थिए । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
source:nepali aawaj




प्रतिक्रिया दिनुहोस्...