"महिलाले खानु पर्दैन, पुरुषले आफै खान्छन् गर्भ निरोधक चक्की
काठमाडौँ, १२ फागुन । गर्भनिरोधक चक्की खाँदा खाँदा हैरान भएका युवती वा महिलालाई केही राहात मिल्ने भएको छ । पुरुषको लागि गर्भनिरोधक चक्की आउने भएपछि चक्की खादा खाँदै हैरान भएका महिलालाई राहात मिल्ने भएको हो ।
महिलाका नाममा विभिन्न खालका गर्भनिरोधक साधन र चक्की बजारमा पाइने भए पनि अहिलेसम्म पुरुषका लागि गर्भनिरोधक साधन कण्डम मात्रै थियो ।
अधिकांश पुरुषले कण्डम प्रयोग गर्न झन्झट मानेको अनुसन्धानबाट सार्वजनिक भएपछि वैज्ञानिकहरुले पुरुषका लागि पनि गर्भ निरोधक चक्की उत्पादन गर्ने तयारी गरिरहेका छन् ।
वैज्ञानिकरुको अनुसन्धानबाट पुरुषले खान मिल्ने चक्की केही वर्षमै सार्वजनिक हुनेछ जुन चक्की दुई प्रकारका हुने छन् । पुरुषले खान मिल्ने चक्कीमा पहिलो हो एच टू ग्यामेनड्याजोल भने दोस्रो जेक्यू वान मोलिक्यूल ।
वैज्ञानिकहरुले पुरुषले खाने दुई प्रकारका चक्कीको नाम सार्वजनिक गरे पनि चक्की भने बजारमा आएको छैन । उक्त चक्कीले पुरुषको शुक्रकिटलाई पूर्ण रुपमा विकसित हुन नदिने अनुसन्धानकर्ताले बताएका छन् । अण्डकोषमा प्रवेश गरेका शुक्रकिट पूर्ण विकास नभएपछि गर्भ नरहने अनुसन्धानकर्ताको दाबी छ ।
करिब १५ वर्षअघिबाट यो अध्ययनमा लागेका वैज्ञानिकले अबको केही वर्षमै पुरुषले खाने गर्भनिरोधक चक्की बजारमा आउने बताएका छन्।source:taja khabar
