""मलेसियामा मृत्यु भएका नेपालीको पहिचाहान हुन सकेन..



 १२ चैत  – मलेसियाको सेरडाङ अस्पतालमा एक नेपालीको शव अलपत्र अवस्थामा रहेको छ ।

मृतकको शव पहिचान नभएपछि अस्पतालमै अलपत्र अवस्थामा रहेको छ ।


सेरडाङमा रहेको प्रहरी चौकीले मृत्यु भएका युवक नेपाली भएको भन्दै नेपाली दुतावासलाई जानकारी गराएको छ । मृतक नेपालीको टाउकोमा गम्भीर चोट छ ।

नेपाली युवकको शव सडक किनारामा देखेको र उक्त ब्यक्ति नेपाली भएको भनी केही नेपालीले वयान दिएको आधारमा प्रहरी चौकीले मलेसियास्थित नेपाली दुतावासलाई जानकारी गराएको हो ।

नेपाली दुतावासले सूचना जारी गर्दे कसैले चिनेको खण्डमा तत्काल दुतावासमा जानकारी दिन आग्रह गरेको छ । मृतकको पहिचान खुलेपछि मात्रै उद्दार प्रकृयामा लाग्न सजिलो हुने दुतावासले जनाएको छ ।source:badal nepal






प्रतिक्रिया दिनुहोस्...