"नयाँ नायक भित्राउँदै रेखा, छवि पनि तयारीमा
अलग भएसँगै निर्माता छविराज ओझा र नायिका रेखा थापाको बक्स अफिस लडाइले मिडियामा सधै नै चर्चा पाएको हुन्छ । अब, यी दुई चलचित्र क्षेत्रका चर्चित निर्माताले नयाँ नायक भित्राउने कसरत पनि थालेका छन् । छवि ओझा आफ्नो चलचित्र ‘किस्मत २’मा २ नयाँ पुरुष अनुहारलाई मौका दिने तयारीमा छन् भने नायिका रेखा थापा पनि आफ्नो नयाँ चलचित्र ‘रामप्यारी’मा नयाँ अनुहारलाई मौका दिने तयारीमा छिन् ।
रेखा थापाले भने यो चलचित्रको नव-नायकको घोषणा चाडै गर्ने बताएकी छिन् । तर, रेखाले चलचित्रमा आफ्नै दिदीका छोरालाई भित्राउन लागेको वुझिन्छ ।




