कतिपयलाई म मरोस् भन्ने पनि लागेको होला : प्रधानमन्त्री



काठमाण्डु, १३ चैत–

प्रधानमन्त्री सुशिल कोइरालाले आफ्नो स्वास्थप्रति अर्नगल प्रचार भएको भन्दै दुख व्यक्त गरेका छन् ।

 बिहीबार संघीय समावेशी मोर्चाको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले मौसम परिवर्तन भएका कारणले सामान्य रुघाखोकी लागेको बताए ।

पत्रपत्रिकामा प्रधानमन्त्री अस्वस्थ भनेर आएका खबरले आफूलाई दुखी तुल्याउको पनि उनले बताए ।

 कतिपयलाई म मरोस् भन्ने पनि लागेको होला, दुई–दुई पटक क्यान्सर जितेर आएको व्यक्ति हुँ, उनले भने, म संविधान निर्माण गर्नका लागि यहाँ आएको हुँ संविधान जारी गरेरै छाड्छु ।

रुघाखोकी लागेका बेला बाहिर निस्कदा संक्रमण बढ्छ भनेर चिकित्सकले सल्लाह दिएका कारण आफू बाहिर ननिस्किएको पनि उनले बताए ।

उनले भने,  म क्यान्सर भएको व्यक्ति, अहिले स्वाईन फ्ल्यूको प्रकोप छ, डाक्टरहरले ननिस्कन सल्लाह दिएकाले बाहिर ननिस्किएको हुँ ।
हिमालय टाइम्स दैनिकबाट भिडियो हेर्न तलको बाकस थिच्नुहोस




प्रतिक्रिया दिनुहोस्...