यसरी श्रीमतीको इच्छाविपरीत यौनसम्पर्क राख्दा हिरासतमा
१२ चैत, काठमाडौं । श्रीमतीको इच्छापिवपरीत यौनसम्पर्क राखेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
ललितपुर प्रहरी प्रमुख एसएसपी पुष्पचन्द्र
रञ्जितका अनुसार गत ३ चैतमा उपाध्यायलाई पक्राउ गरिएको हो । श्रीमती रीता रिजालको उजुरीका आधारमा उनी पक्राउ परेका हुन् । उनीबीच एक वर्ष अघिमात्र विवाह भएको नयाँ पत्रिकामा खबर छ ।
उजुरी दिने गोमाले आफ्नो नाम गोप्य राख्नुपर्ने भन्दै प्रहरीमा निवेदन दिएपछि प्रहरीले उनीहरुको घटना बाहिर ल्याएको हो । पक्राउ परेका बाबुरामले भने सहमतिमै सम्बन्ध राखिएको बताएका छन् ।
मुलुकी ऐनको जबर्जस्ती श्रीमतीको इच्छाविपरीत शारीरिक सम्पर्क राखे त्यो बलात्कार हुने उल्लेख छ । जुन अपराधमा तीन महिनादेखि ६ महिनासम्म कैद सजाय हुने कानुनी प्रावधान छ ।source a2z khabar
