पूर्वयुवराज पारसबिनै भान्जाको ब्रतबन्ध



Mar 29, 2015
१५ चैत, काठमाडौ।


बहिनी प्रेरणापुत्र पार्थक सिंहको छाउनीस्थित घरमा आइतबार आयोजने ब्रतबन्धको रमझमसँगै निराशा पनि छाएको छ ।

दाजुको अनिवार्य उपस्थिति हुने भएपछि चैत १५ गतेका लागि आयोजना गरेको ब्रतबन्ध खल्लो हुने भएको छ । साइत जुराइसकेका कारणले प्रेरणाले बाध्य भएर छोराको ब्रतबन्ध गर्न लागेको बताएकी छिन। ।

थाइल्याण्डस्थित लुङखाई जेलबाट मानत बुझाउने सर्तमा छुटेका प्रेरणाका दाजु पारस जमानत बुझाउन नसक्दा अझै थाइल्याण्ड छाड्न पाएका छैनन् ।

यता भान्जाको चूडाकर्म गरिदिने एकमात्र मामा पारस नभएका कारण कसले यो कर्म गरिदिने भन्ने विषयमा अन्योल छाएको छ भने उतार घरपरिवारले १५ लाख भाट करिब ४५ लाख नेपाली रुपैयाँ जुटाइदिए थाइल्याण्ड छाडेर नेपाल आउने तयारीमा रहेका पारस निरास भएर बस्नु परेको छ ।

लागूऔषध मुद्दामा गत असोज २४ गते जेल परेका पूर्व युवराज पारसका परिवारले रकम उपलब्ध गराउन नसकेपछि अदालतबाट छुटकारा पाउन सकेका छैनन्। आजको नेपाल समाचारपत्रमा खबर छ। भिडियो हेर्न तलको बाकस थिच्नुहोस
source:nepali aawaj




प्रतिक्रिया दिनुहोस्...