"राष्ट्रपतिको भाइ बन्चरो प्रहारबाट मृत्यु... आखिर कसले गरे थाहा पाईराखौ ...



काठमाडौं, चैत्र १४ । श्रीलंकाली राष्ट्रपति मैथ्रिपाला सिरिसेनाका भाइको हत्या गरिएको छ ।

विहीबार बन्चरो प्रहारबाट घाइते भएका प्रियान्था सिरिसेनाको उपचारका क्रममा अस्पतालमै निधन भएको प्रहरीले जनाएको हो ।

प्रियान्था उनको राजधानीदेखि उत्तरपूर्वी गाउँ पोलोन्नारुवामा बन्चरो प्रहारबाट गम्भीर घाइते भएका थिए ।

व्यक्तिगत रिसइबीका कारण भएको उक्त घटनामा उनका अर्का भाइ बाबु र एक व्यापारीमाथिसमेत आक्रमण गरिएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

फाइल तस्वीरः मैथ्रिपाल सिरिसेना, वेब ।
श्रोत :- ईमेज खबर




प्रतिक्रिया दिनुहोस्...