भ्यालेन्टाइनमा ओबामाको परिवार सखाप पार्ने धम्की !



एजेन्सी । पछिल्लो महिनामात्र अमेरिकी सेन्ट्रन कमाण्डको ट्विटर एकाण्ट ह्याक गर्ने इस्लामिक स्टेट (आइएस) आतंककारीहरुले मंगलबार ‘न्युजवीक’ नामक एक अमेरिकी पत्रिकाको ट्विटर एकाउण्ट ह्याक गरेका छन् ।

आतंककारीहरुले ट्विटर एकाउण्ट ह्याक गरेर उनीहरुले अमेरिकी प्रथम महिला मिशेल ओबामामाथि खुन–खराब गर्ने धम्की दिएका छन् । आतंकवादी संगठन आइएसले भ्यालेन्टाईन डे का दिन रगतको होली खेल्ने चेतावनी दिएको छ ।
‘न्युजवीक’ को ट्विटर ह्याक गरी मिशेल, उनका बच्चाहरु र राष्ट्रपति ओबामामाथि धम्कीपूर्ण सन्देश पोष्ट गरेका छन् ।
दोस्रो सन्देशमा भनिएको छ, ‘अहिलेसम्म अमेरिकाले सिरिया, इराक र अफगानिस्तानमा हाम्रा भाइहरुको हत्या गरिहरहेको छ । अब हामी तिम्रो साईबर सुरक्षा प्रणालीमाथि धावा बोल्दै छौं ।’
यो ट्विट तत्काल हटाइएको छ भने व्यानर बदल्नुका साथै त्यहाँ लगाइएको आतंककारीको फोटो हटाइएको छ ।






प्रतिक्रिया दिनुहोस्...