शुभेच्छा थापाको हनिमुन:अझ रोमान्टिक समय बिताउन मन छ



१७ वर्षअघि अनिल थापासँग मैले प्रेमविवाह गरेँ। विवाह हुँदा म भर्खरै १६ वर्षकी थिएँ। उहाँ २० वर्षको। एकअर्कामा जिस्कँदाजिस्किँदै विवाहबन्धनमा बाँधिन पुग्यौं।

घरमा कसैलाई थाहा नदिई भद्रकाली मन्दिरमा विवाह गरेका थियौं। मैले दुलहीको पहिरन पनि लगाइनँ। कुर्तासुरुवालमै विवाह भयो। विवाह गरेर दिदीको घरमा गयौं। दिदीले एकछिन गाली गर्नुभयो। त्यस दिन दिदीको घरमै बस्यौं। पछि दिदीकै घर नजिक कोठा लिएर बस्न थाल्यौं। पहिले हनिमुन जाने मौका नमिले पनि मलाई अझ रोमान्टिक समय बिताउने चाहना छ। श्रीमान् श्रीमतीमात्रै कतै टाढा गएर समय बिताउनुको मजा नै बेग्लै हुन्छ। सानै उमेरमा कलाकारितामा लागेकी थिएँ। धेरै केटाहरू पछि लाग्थे। तर म उहाँसँग सुरक्षित महसुस गर्थें। सानो उमेर भएकाले प्रेमको गहिराइ, जीवनका उतारचढावका विषयमा केही थाहा थिएन। तर त्यसबेलाको आकर्षण, रमाइलो, नजानिँदो मीठोपन, नबुझिँदो अनुभव साँच्चिकै सुन्दर थियो। विवाह हुँदा हामी दुवैजना परिपक्व थिएनौं। तापनि हामीमा निस्वार्थ प्रेम थियो। अहिले पनि हामीलाई त्यो कुराले नजिक बनाइदिन्छ। एकअर्काको अँगालोमा बस्दा संसार जितेजस्तो महसुस हुन्थ्यो। तर दुवैजना परिपक्व नभएकाले विवाहको केही समय डरले शारीरिक सम्बन्ध भएन। जब हामीले शारीरिक सम्बन्ध कायम गर्न थाल्यौं त्यसले आत्मीयता यति बढाइदियो कि एकअर्काको लागि जे गर्न पनि तयार हुन्थ्यौं। मैले उहाँको हातको सिन्दूर लगाएपछि उहाँप्रति पूर्ण रूपमा समर्पित र सुरक्षित महसुस गरेँ। विवाहपछि हनिमुन जाने अवसर भने मिलेन। सुरुसुरुमा हामी दुईजनामात्रै बस्ने भएकाले हनिमुन जाने आवश्यकता पनि भएन। अब त विवाह भएको पनि धेरै समय बितिसक्यो। छोरी ठूली भइसकिन्। सधैं कामले व्यस्त नै भइन्छ। तापनि कहिलेकाहीँ श्रीमान्लाई 'कतै घुम्न जाऔं' भन्छु। जान्छौं पनि। विवाह हुँदा म भर्खरै १६ वर्षकी थिएँ। दुवैजना परिपक्व नभएकाले विवाहको केही समय डरले शारीरिक सम्बन्ध भएन। जब हामीले शारीरिक सम्बन्ध कायम गर्न थाल्यौं त्यसले आत्मीयता यति बढाइ दियो कि एकअर्काको लागि जे गर्न पनि तयार हुन्थ्यौं। वास्तवमा दुई व्यक्तिलाई नजिक ल्याउन र एकअर्काको बारेमा बुझ्न हनिमुन असाध्यै राम्रो समय हो। पहिले हनिमुन जाने मौका नमिले पनि मलाई अझै रोमान्टिक समय बिताउने मेरो चाहना छ। समय मिलाएर श्रीमान्सँग पोखरा, जोमसोमसम्म पुग्ने रहर छ। श्रीमान् श्रीमतीमात्र कतै टाढा गएर समय बिताउनुको मजा नै बेग्लै हुन्छ। source:naulo khabar




प्रतिक्रिया दिनुहोस्...