स्विस बैकमा यी नायिकाको पनि कालोधन !



एजेन्सी । स्विस बैंकमा कालो धन जम्मा गरेको मामलामा भारतीय कलाकारको सूचीमा महिमा चौधरीको नाम पनि सामेल भएको छ ।

सुत्रका अनुसार ‘एचएसबीसी’ को स्विस शाखामा जुन भारतीहरुको खाता छ, त्यसमा नायिका महिमा चौधरीको नाम पनि छ । उनको खातामा कति रकम छ भन्ने बारेमा भने केही खुलाइएको छैन ।
यो खाता उनको वास्तविक रितु चौधरीको नाममा खोलिएको र खातावालाको जानकारीमा मोडल तथा नायिका उल्लेख गरिएको आजतकले सुत्रलाई उल्लेख गर्दै जनाएको छ ।
हालै एक अंग्रेजी वेबसाईटले भने महिमाले विदेशमा आफ्नो कुनै खाता भएको कुरालाई अस्वीकार गरेकी छन् । उक्त खबर सार्वजनिक भएपछि उनको बारेमा विभिन्न टिकाटिप्पणीहरु सुरु भएका छन् ।




प्रतिक्रिया दिनुहोस्...