कहिल्यै भुल्न सकिँदैन पहिलो प्रेम
एजेन्सी ।
हालै गरिएको एक अध्यनले पहिलो प्रेम जीवनमा भुल्न कठिन हुने देखाएको छ । बेलायतमा गरिएको यो अध्यनका क्रममा एकतिहाइ भन्दा बढी मानिसले आफ्नो जीवनमा पहिलो प्रेम भुल्न नसकेको स्वीकार गरेका छन् ।
first love
जीवनको हरेक पलमा पहिलो प्रेम संवेदनशील क्षेत्र बनेर बसिरहने उनीहरुको अनुभव छ । ४ जनामा एक बेलायतीले आफ्नो पहिलो प्रेमी वा प्रेमिकासँग जीवनभर नै सम्पर्कमा रहने र रहेको स्वीकार गरेका छन् ।
त्यसैगरी १० जनामा ६ जना बेलायतीले आफ्नो पहिलो प्रेमी वा प्रेमिकासँगका पलहरु याद गर्छन् भने १० मा ४ जनाले त पहिलो प्रेमी वा प्रेमिकालाई फेरी जीवनमा ल्याउन चाहेको बताएका छन् ।
love birds 1
'बेष्ट अफ मी' नामक एक फिल्मका लागि यो अध्यन गरिएको थियो । यो चलचित्र विछोडिएपछि पनि पुनः सम्बन्धमा आएका प्रेमी प्रेमिकाको विषयमा छ ।
फिल्मका निर्माताले अधिकाँश मानिसको जीवनमा पहिलो प्रेम काँडा जस्तै गहिरो गरी गढेर बसेको हुने गरेको आफूले पाएको बताए । अध्यनका क्रममा अधिकाँश मानिस साथीकोरुपमा भएपनि पहिलो प्रेमी वा प्रेमिकासँग सम्बन्धमा रहेको पहियो ।
love birds 2
जसका कारण पछिल्ला सम्बन्ध समेत प्रभावित भएका थिए । सम्बन्धमै नभएपनि पहिलो प्रेमी वा प्रमिकाबारे चासो राख्ने गरेको देखिएको छ । by nepaliheadlines
